सम्पादकीय

नयाँ पुरानो होइन, आचरण हेरौं

नयाँ पुरानो होइन, आचरण हेरौं


सम्पादकीय

मंसिर १६ गते सम्पन्न निर्वाचनमा नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले जनमत प्राप्त गर्ने अनुमान थियो । त्यो अनुमान सामाजिक सञ्जालहरुमा देखिने गतिविधिबाट गर्न सकिन्थ्यो । पुराना दलहरुप्रति सामाजिक सञ्जालमा भेटिने आक्रोसलाई अध्ययन गर्दा नयाँ दलहरुको जनमत बलियो हो कि भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । सञ्जालमा देखिने भावना र यथार्थमा जनमतको अवस्था फरक प्रस्तुत भएको छ । ठुला र पुराना दलहरुकै पक्षमा जनमत देखियो । उपनिर्वाचनमा माओवादीलाई पनि राहत मिलेको छ । हरेक निर्वाचनमा कमजोर परिणाम प्राप्त गर्दै आएको माओवादीलाई यस पटक भने सान्तवना मिलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको लहर सञ्जालमा मात्रै सिमित भएको हालै सम्पन्न उपनिर्वाचनले पुष्टि गरेको छ । रास्वपाका सभापति प्रहरी हिरासतमा भएको बेला पनि सञ्जालमा देखिएको गतिविधिले कमजोर छैन भन्ने देखाएको थियो । वास्तवमा जनमत रास्वपाको पक्षमा पनि देखिएन । पुराना दलहरुलाई पाखा लगाउदै मुलुकको नेतृत्व गर्न आएको पार्टी नेतृत्वमाथि ठुला ठुला काण्डहरु आइपरेका छन् । सहकारी ठगी प्रकरणमा सभापति हिरासत हुँदा पनि काठमाडौंमा वडाध्यक्ष पदमा भएको निर्वाचन जित्यो । माओवादी र रास्वपाबीचको सहकार्यले अपवाद क्षेत्रमा यस प्रकारका परिणाम आएका छन् ।

नयाँ पार्टीले आफूलाई ठिक सावित गर्न बाँकी छ । विगतको धमिलो व्यवहारलाई सफाई तुल्याउन रास्वपाको व्यानर प्रयोग मात्रै भएको पनि आरोप लाग्ने गरेको छ । नयाँ पार्टीमा अनुशासन चाहिन्छ । व्यवहार ठिक हुनुपर्छ । कार्यकर्ता र नेताको राम्रो बोलीचाली सभ्य र मर्यादित हुनुपर्छ । कुनै पनि अपराध कर्मबाट बाहिर भएको हुनुपर्छ । कुनै पनि योगदान गरेर नआएको हुँदा जनमत प्राप्त भइहाल्छ भन्ने भ्रममा पर्न हुदैन । तबमात्र नयाँले पर्याप्त जनमत प्राप्त गर्न सक्छ । यता, पुराना दलहरु ठिक बाटोमा छैनन् । ठिक बाटोमा नभएकै कारण उतारचढाव भोग्नु परेको छ । सबैले गर्नेुपर्ने भनेको जनातको सेवा नै हो । देश विकास नै हो । यसैले पुरानाहरु भ्रष्टचार, अनियमिता र कमिशनमा लागिरहने हो भने भोलीको भविष्य अन्यौल छ । जसले जनताको मन जित्छ, उसैले जनमत प्राप्त गर्छ । अहिलेसम्म तीन ठुला दलको पक्षमा जनमत छ । सञ्जालमा नयाँहरुको पक्षधर देखिन्छ । सबैले आफुलाई सुधारौं । जनमत, सुध्रिनेहरुलाई प्राप्त हुन्छ । नयाँ वा पुरानो होइन, आचरण जनताले हेर्नैपर्छ ।

शेयर गर्नुहोस :

0
Shares