मुख्य समाचार

पालिकाको विकास निर्माण कार्य तीब्र बनाउन आग्रह

पालिकाको विकास निर्माण कार्य तीब्र बनाउन आग्रह


गौरीगञ्ज । गौरीगञ्जमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी र जनप्रतिनिधिहरुको समन्वयबाट पालिकाको विकास निर्माण कार्य तीब्र बनाउन आग्रह गरेका छन् ।

सय दिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिले आयोजना गरेको गाउँभेला कार्यक्रमका सहभागी बक्ताहरुले स्थानीयबासीको आवश्यकताको प्राथमिकता पहिचान गरेर पार्टी र जनप्रतिनिधिको समन्वयमा विकास निर्माण एवं जनजिविकाका सवालमा प्रभावकारी काम गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष एवं कांग्रेस कोशी प्रदेश सदस्य फूलवती राजवंशी, जिल्ला प्रतिनिधि एवं ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाह, जिल्ला सदस्य मखना महतो, जेठा मुर्मु, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, गौरीगञ्ज १ का वडाध्यक्ष कात्तिकलाल राजवंशी, महासमिति सदस्य टंक विश्वकर्मा, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, पूर्व जिल्ला सदस्य दिपिन्द्र थापा, गोपालचन्द्र सिंह राजवंशी, आत्माराज राजवंशी, नारायण खतिवडा, नेत्र राजवंशी, नौताली राजवंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट कल्पना थापा, राजकुमार राई, रोशन यादव, दिक्षा कोइराला लगायतले जिज्ञासा राखेका थिए ।

नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गोपाल ताजपुरिया र सञ्चालन गंगाप्रसाद राजवंशीले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares