झापा । अमेरिकामा रहेका झापालीहरुको संस्था झापाली समाज अमेरिकाको अध्यक्षमा मोहनकुमार उप्रेती निर्वाचित भएका छन् । एक सय १४ मत ल्याई विजयी बनेका उप्रेतीका प्रतिस्पर्धी डा. भेषराज मैनालीले ८८ मत ल्याए ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा १ सय ४ मत ल्याई निलम विमली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन ओलीले ९८ मत पाए । उपाध्यक्षमा डा. कुमार मैनाली, भुमा खरेल, आसिव संग्रौला र रोशन विमली निर्वाचित भएका छन् । उनीहरु चारैजना निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, महासचिवमा १ सय १३ मतकासाथ सीता पाण्डे निर्वाचित भएकी छिन् । महासचिबका अर्का उम्मेद्धार युवराज खनालले ८९ मत ल्याएका छन् । सचिबमा तोया पौडेल र कोषध्यक्षमा प्रसन्न संग्रौला निर्वाचित भएका छन् ।
सहकोषाध्यक्षमा उत्सव गौतम, महिला संयोजकमा गौरी रिसाल, युवा संयोजकमा उज्जवल रे र सञ्चार संयोजक तथा प्रवक्तामा कल्पना पाण्डे निर्वाचित भएका छन् ।
सात जना कार्यकारी सदस्यमा कविन्द्र सिटौला, लक्ष्मी ढुंगाना, दिपा ओली, राजकुमारी (रोजा) ओली, देवेन्द्र शिवाकोटी, कृष्ण तिम्सिना र राजेन्द्र पाण्डे विजयी भएका छन् ।
गत २१ र २२ डिसेम्बरमा भएको समाजको अनलाईन भोटिङमा कुल २ सय १७ मध्ये २ सय २ अर्थात ९३ दशमलव ९ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका उपआयुक्त खगेन्द्र अधिकारीले बताएका छन् । नव निर्वाचित समितिको कार्यकाल ३ वर्षको रहनेछ ।
समाजले झापा लगायतका केहि जिल्लामा गरिव तथा जेहेन्दार बालबालिकालाई पढाउने लगायतका परोपकारी कार्य गर्दै आएको छ । ३ सदस्यीय निर्वाचन समितिको आयुक्तमा डा. शम्भु ढुंगाना, उपआयुक्तमा अधिकारी र आयुक्तमा डिल्ली थापा थिए ।
निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरुका लागि यहि जनवरी ४ मा भर्चुअल माध्यमबाट पदस्थापन, पद हस्तान्तरण र सपथग्रहण गरिने जानकारी दिएको छ ।







प्रतिक्रिया