बिर्तामोड । नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनले टंकनाथ पाण्डेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
शनिबार द्रोणाचार्य स्मृति भवनमा भएको नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो अधिवेशनको बन्द सत्रले पाण्डेको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो ।
सो वडा कमिटीको उपाध्यक्षमा ख्याम न्यौपाने सचिव हिमाल खरेल, उपसचिवमा मुना निरौला खरेल र कृष्ण बहादुर कटुवाल सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन कमिटीका संयोजक ब्रम्हलाल ढुङ्गानाले जानकारी दिनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष माधव विद्रोहीको अध्यक्षतामा सम्पन्न बन्द सत्रले वडा कमिटीको सदस्यहरुमा निर्मल उप्रेती, रम्भा राजवंशी, खेचो राजवंशी, तुलाराम राजवंशी, मानबहादुर कार्की, सुनिता परियार, शेरबहादुर कार्की, धना उप्रेती लीला देवी गौतम र निर्मला कटुवाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न वडा कमिटीको उद्घाटन समारोहमा ५८९ सदस्यता नम्बरका पुराना, अग्रज पार्टी सदस्य तथा कम्युनिष्ट योद्धा खेमराज खरेल र ऋषि प्रसाद दाहाल आरपी रुपाखेती दाहाललाई सम्मान गरिएको छ ।
कार्यवाहक अध्यक्ष टंकनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि बानियाँ, सम्मानित व्यक्तित्व खरेल, प्रदेश कमिटी सदस्य शिवकुमार राजभण्डारी, जिल्ला उपसचिव अशारु राजवंशी, कालीचरण बस्नेत, पुरुषोत्तम अधिकारी, भीम सुब्बा, खड्ग बहादुर बुढाथोकीलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।







प्रतिक्रिया