बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन भएका छन् । उपशाखाको आगामी चार वर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए ।

समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रेजिना गौतम, राजेन्द्र चौंलागाँई, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार शाह निर्वाचित भएको निर्वाचन समिति सदस्य हेम खड्काले जानकारी दिए ।
उपशाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन तालिका अनुसार सबै पदमा एक-एकजनाको मात्रै उम्मेद्वारी परेसंगै सिङ्गो कार्यसमिति सर्वसम्मत चयन भएको हो । बिर्तामोडको पञ्चकन्यामा आफ्नै भवन रहेको रेडक्रस उपशाखामा नियमित रक्त सञ्चार केन्द्र समेत सञ्चालन हुँदै आएको छ । चार वर्षे कार्यावधी रहेको नेपाल रेडक्रस जिल्ला शाखा भद्रपुर मातहतका अधिकांस उपशाखाको नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।
यसअघि हल्दिबारी, खुदुनाबारी, गौरादह जलथल लगायतका उपशाखामा नेतृत्व चयन भइसकेको छ भने केही उपशाखाहरुमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको बताइएको छ ।







प्रतिक्रिया