Banner news

लामिछानेलाई परिवारको जिम्मा लगाइयो

लामिछानेलाई परिवारको जिम्मा लगाइयो


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीले परिवारको जिम्मा लगाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

कास्की जिल्ला अदालतबाट धरौटी बुझाएपछि लामिछानेलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। जिल्ला अदालत कास्कीले उनलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। उनले बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाएका हुन्।

झाका अनुसार लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो।

शेयर गर्नुहोस :

0
Shares