मुख्य समाचार

रविलाई आज पनि हिरासतमा पठाउन आदेश

रविलाई आज पनि हिरासतमा पठाउन आदेश


काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतले आदेश दिएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथि थुनछेक बहस आज पनि हेर्दाहेर्दैमा रहेको हो ।

न्यायाधीस माधव अधिकारीको इजलासमा जारी बहस लम्बिएपछि आज हेर्दाहेर्दैमा रहेको हो । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब अर्को पेशी बुधबारका लागि मात्रै तोकिएको छ । भोलि माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले पेशी बुधबारका लागि मात्रै तोकिएको हो । जसले गर्दा लामिछाने अझै दुई दिन हिरासतमै बस्नुपर्ने भएको छ ।

शेयर गर्नुहोस :

0
Shares