मुख्य समाचार

किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

कृषिमन्त्री अधिकारी धारणा राख्दै काठमाडौँ, २८ पुसः कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सिंहदरबारमा आयोजित कृषि अनुदान, रासायनिक मल एवं धानको उत्पादन आर्थिक वर्ष २०८१÷८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा धारणा राख्दै कृषिमन्त्री रामनाथ अधिकारी । तस्बिरः गोपाल दाहाल÷रासस

ढोरपाटन – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताउनुभयो ।

कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताउनुभयो । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उहाँले बताउनुभयो । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतमा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares