मुख्य समाचार

भोलि लगनगाँठो कस्दै मेलिना राई

भोलि लगनगाँठो कस्दै मेलिना राई


काठमाडौं । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले बतायो ।

केही समयअघि राईले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

शेयर गर्नुहोस :

0
Shares