मुख्य समाचार

प्रेस युनियन झापाको साधारणसभा, निर्वाचितलाई सम्मान

प्रेस युनियन झापाको साधारणसभा, निर्वाचितलाई सम्मान


दोमुखा । नेपाल प्रेस युनियन झापाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस युनियनले शनिवार झापाको पर्यटकीय क्षेत्र दोमुखामा बनभोजसहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कांग्रेस उपसभापति केशवराज पाण्डे, सचिव नबिन बिमली, प्रेस युनयिनका केन्द्रिय महासचिव दिलिप पौडेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमकाबिच नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानसमेत गरिएको थियो । साथै प्रेस युनियनमा प्रवेश गर्ने चार जनालाई स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कार्यक्रममा सहभागीहरुलाई स्वागत नेपाल प्रेस युनियन झापाका सदस्य देबेन्द्र प्रसाईले गरेको कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाका सचिव अर्जुन राजवंशीले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu