भद्रपुर

नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर शेख सर्वसम्मत

नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर शेख सर्वसम्मत


बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको प्रथम नगर अधिबेशनबाट ताजिर शेखको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत भएको छ ।

शनिवार भद्रपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा महम्मद सुभान, सचिवमा कुर्बान शेख, उपसचिवमा रेस्मा शेख र तबस्सुम शेखलाई सर्वसम्मत गरेको हो । सदस्यहरुमा अकबर खान, मुनाजीर शेख, अफिद शेख, मोहमत सफिक, मैनुदिन शेख, मुरिजम खातुन, मफकेक शेख, फजल रहमान, अली शेख, साहानी खातुन रहेका छन् ।

इन्ताज शेखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य झापा इञ्चार्ज इस्लाम अन्सारी रहेका थिए ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल लगायतको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

शेयर गर्नुहोस :

0
Shares