चैत्र १३, २०८१ बुधबार

अनेमसंघ झापाका पूर्वअध्यक्षहरुलाई सम्मान

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १० औं जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । आजदेखि बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले पूर्वअध्यक्षहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा टिका बस्नेत, जसमाया गजमेर, पवित्रा निरौला खरेल, मेनुका काफ्ले,शोभा कुँवर, शारदा सापकोटा, विष्णु बराल, सिता बस्नेत, सुमित्रा भण्डारी रहनुभएको छ । महिला मुक्ति आन्दोलनलाई अनेमसंघको माध्यमबाट यहाँसम्म ल्याउन गरेको योगदानलाई उच्च मुल्याङकन गर्दै सम्मान गरिएको आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि टुकाभद्र हमालले सम्मेलनको उद्घाटन शत्रमा बोल्दै महिलाहरु भोट बैंक मात्र बन्न नहुने बताउनु भएको छ । महिला मुक्तिको आन्दोलनबाट प्राप्त अधिकार लिनका लागि आव्हान गर्दै त्यसका लागि एकता जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष हमालले सबै तहमा एक तिहाई महिलाको अनिवार्य सहभागिता हुनुपर्ने बताउदैं क्षमतावान बन्न आग्रह गर्नुभयो । महिला मुक्ति आन्दोलनको लक्ष्य नभुल्न निर्देशन दिदैं हमालले भन्नुभयो – लक्ष्य प्राप्त नहुञ्जेलसम्म कसैले पनि थकाई मार्न पाइने छैन । उहाँले झापामा महिलाहरु क्षमता विकास गर्दै नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ । उपमेयर भएपछि मेयर पाइदैन भन्दै भाग्न हुदैन, उहाँले थप्नुभयो – मेयरका लागि तयार हुनुपर्छ, भाग्नु हुदैन ।
उद्घाटन कार्यक्रममा अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, अनेमसंघ केन्द्रीय सचिव, कोशी प्रदेश इञ्चार्ज विणादेवी राई, मेचीनगर उपप्रमुख मिना उप्रेती, पूर्व अध्यक्ष जसमाया गजमेर, टिका बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।

महिलाहरुको अधिकारका निमित्त अनेमंघको भूमिका नै महत्वपूर्ण र प्रभावकारी हुँदै आएको बताउदैं अधिकांश नेतृहरुले प्राप्त उपलब्धीको रक्षा गर्न आग्रह गर्नुभयो । महिला सहभागितालाई प्रभावकारी बनाउन क्षमतावान बनाउन सूझाव दिइएको छ ।

जिल्लाभरबाट ३२४ प्रतिनिधिहरु सहभागी भएको १० औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । आइतवार विहानबाट बन्दशत्रको कार्यक्रम सञ्चालन हुने सचिव लिला पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको छ । बन्दशत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

अनेमसंघ झापाकी सचिव लिला पौडेलले सञ्चालन गर्नुभएको उद्घाटन शत्र जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : माघ २६, २०८१ शनिबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]