मुख्य समाचार

प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित 

प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित 


काठमाडौं । प्रेस चौतारी नेपाल चितवन शाखाको ८ औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न अधिवेशनले सुवास पण्डितको अध्यक्षतामा नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा लक्ष्मण गौतम निर्वाचित हुनुभएको छ । भने सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चुनिनु भएको छ । कोषाध्यक्षमा बद्री अर्याल निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा सुनिल पौडेल, पूजा ढकाल, सगुन चपाईँ, नीराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई निर्वाचित हुनुभएको छ ।

केन्द्रिय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा,  र रविना पौडेल चुनिनु भएको छ ।
प्रदेश प्रतिनिधिमा रामेश्वर रिजाल, कृष्ण आचार्य, अमिर रामदाम, र शान्ता अधिकारी निर्वाचित हुनुभएकाे छ ।
अधिवेशनकाे उद्घाटन प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले गर्नुभएकाे थियाे ।

शेयर गर्नुहोस :

0
Shares