चैत्र १३, २०८१ बुधबार

अनेम संघ झापाको पदाधिकारी सर्वसम्मत

बिर्तामोड । अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अनेम संघ झापाको शनिवारबाट सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो ।

oplus_1024

कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ । जसको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा गरिनेछ र सोही दिन दिउँसो १ बजे शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

दशौं जिल्ला सम्मेलनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]