चैत्र १३, २०८१ बुधबार

अनेरास्ववियुका नेता मिलन राईको प्रतिमा अनावरण

खोटाङ । सडक दुर्घटनामा ज्यान गुमाएका खोटाङका अनेरास्ववियुका नेता मिलन राईको प्रतिमा अनावरण गरिएको छ । ०७३ माघ २५ गते भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गुमाएका खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीवासका बिद्यार्थी नेता राईको प्रतिमा अनावरण गरिएको हो ।

आठौं स्मृति दिवसको अवसरमा चिउरीवासस्थित राईको समाधीस्थलमा निर्माण भएको अर्धकदको प्रतिमा आइतवार एक कार्यक्रमको बीच संविधानसभा सदस्य एवं नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले अनावरण गर्नुभएको हो ।

अनेरास्ववियुका तत्कालिन केन्द्रीय सदस्य तथा खोटाङ र सोलुखूम्बु जिल्ला ईन्चार्ज राईको सांगठनिक कामको सिलसिलामा काठमाण्डौंबाट दिक्तेल आउने क्रममा भक्तपुरमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाको तीन दिनपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७३ माघ २७ गते मृत्यु भएको थियो ।

संघीय सरकारको २५ लाख र प्रदेश सरकारको ४० लाख रुपैयाँको लागतमा राईको स्मृतिमा उनकै समाधीस्थलमा मिलन राई स्मृतिपार्क र भवन निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटी खोटाङका प्रचार विभाग प्रमुख तथा मिलन राई स्मृति प्रतिष्ठानका संरक्षक खेमराज राईले बताउनुभएको छ ।

प्रतिष्ठानका तर्फबाट जयराम राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवं एमाले पोलिटव्युरो सदस्य भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतिमा अनावरण कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीका उपसचिव देवान राई, एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य सम्मर भुजेल, लामिडाँडाका वडाअध्यक्ष बिरेन्द्र मगर, एमाले नेता बाबुराम जोशी, अनेरास्ववियुका केन्द्रीय सदस्य मोहन संग्राम, अनेरास्ववियुका जिल्ला अध्यक्ष बिष्णु उपरकोटी, सचिव अभिषेक घिमिरे, स्वार्गीय राईका बुवा जयबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]