बिर्तामोड। बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसीसको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए।

वीरता जेसिसको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसिसको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
वीरता जेसिसको संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज डिक र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।
जेसिसको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था रहेको छ।







प्रतिक्रिया