Banner news

काँकरभिट्टाबाट फर्किए केआईआईटीमा अध्ययनरत २० नेपाली विद्यार्थी

काँकरभिट्टाबाट फर्किए केआईआईटीमा अध्ययनरत २० नेपाली विद्यार्थी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा । भारत ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालमा अध्ययनरत २० जना नेपाली विद्यार्थीहरु पूर्व नाका काँकरभिट्टा हुँदै घर फर्र्किएका छन् ।

रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्युको घटनापछि धमाधम नेपाली विद्यार्थीहरु घर फर्किरहेका छन् । झापा प्रहरीका अनुसार फागुन ६ गतेदेखि १० गतेसम्ममा २० जना नेपाली विद्यार्थीहरु घर फर्किएका हुन् ।

विद्यार्थीहरुलाई कुटपिटपछि धाकधम्की दिएपछि विद्यार्थीहरु घर फर्किएका हुन् । काँकरभिट्टाबाट फर्किएका केआईआईटी विश्वविद्यालका विद्यार्थीहरु दोस्रो तह चौथो सेमिस्टारमा अध्ययनरत थिए ।

शेयर गर्नुहोस :

0
Shares