बिर्तामोड । सवारी दुर्घटनाबाट घाईते एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो ३ बजे बुद्धशान्ती गाँउपालिका वडा नं.२ खतिवडा चौकस्थित जयपुर शनिश्चरे सडक खण्डमा मे.९ प. ७४८२ नम्बरको मोटरसाईकलले पैदल ७५ वर्षीया ईन्द्रमाँया कार्कीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल ठक्करबाट टाउकोमा गम्भीर चोट लागि घाईते बिएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले मृत्यू भईसकेको घोषणा गरेका थिए ।
मोटरसाइकल पछाडि सवार बुद्धशान्ती गाँउपालिका वडा नं.७ बस्ने २४ वर्षीय रविन गड्तौलाको हात खुट्टामा चोट लागेको थियो । उनको स्थानीय सिटि अस्पताल बुधबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक ईलाम सुर्योदय नगरपालिका वडा नं. १० बस्ने बर्ष २१ को भुवन न्यौपानेलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया