मुख्य समाचार

एमाले झापाको जिल्ला प्रतिनिधि परिषद बैठक भदौं १२ गते गर्ने निर्णय

एमाले झापाको जिल्ला प्रतिनिधि परिषद बैठक भदौं १२ गते गर्ने निर्णय


बिर्तामोड । नेकपा एमाले झापाको आज सम्पन्न बैठकले जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठक भदौ १२ गते गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रतिनिधि परिषद बैठक हुने भएको हो ।

प्रतिनिधि परिषद बैठकका लागि बैठकले राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेको छ । बैठकले प्रतिनिधि परिषद बैठकका लागि विभिन्न उपसमितिहरु बनाएको पार्टी जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आलेप प्रतिवेदन र आगामी बजेट समेत पारित गरिएको छ ।

पार्टी जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कोशीका सचिव राजकुमार भण्डारीले विभागीय र जनसंगठनका कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

बैठकमा विधान अधिवेशनका लागि सूझाव संकलन गरिएको सचिव कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नयाँ सदस्यताको अनुमोदनसहित परिषदको बैठकको लागि प्रवेश शुल्क ५०० रुपैयाँ दिने निर्णय गरिएको छ ।


बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सन्दर्भमा केन्द्रीय कमिटी बैठकले गरेको निर्णय नै कार्यान्वयन हुने बताउनुभयो । उहाँले तल्लो तहसम्म केन्द्रीय कमिटीको निर्णयभन्दा बाहिर छलफल, बहस गर्न जरुरी नरहेको बताउनुभएको छ ।

जिल्ला इञ्चार्ज ओेलीले नेताहरुलाई कार्ययोजना बनाएर काम गर्न सूझाव दिनुभयो । नेताहरुलाई पार्टी कामलाई परिणाममुखी बनाउन भन्दै सोही अनुसार लाग्न आग्रह गर्नुभएको छ । जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष शिव ढुङगेलले स्वागत गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

162
Shares