बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा वडादेखि जिल्ला तहका स्थानीय नेताले शुल्क तिरेर राजनीतिक प्रशिक्षण लिइरहेका छन् । बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षणमा सशुल्क प्रशिक्षण सञ्चालन गरिरहेको अध्यक्ष अनिल सापकोटाले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन गरिने राजनीतिक प्रशिक्षणमा राजनीतिक एवम् वैचारिक, पार्टी निर्माण, अनुशासन लगायतका विषयवस्तुहरु केन्द्रित गरिने अध्यक्ष सापकोटाको भनाई छ । आजदेखि सुरु भएको प्रशिक्षण भोलीसम्म सञ्चालन हुनेछ ।
आज नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् केन्द्रीय स्कुल विभागका सदस्य, कोशी प्रदेशका इञ्चार्ज पशुमेघी गुरुङ, पार्टी केन्द्रीय सदस्य झापा इञ्चार्ज रोमनाथ ओली, स्कुल विभागका सदस्य दुर्गा थापा ‘स्वस्थी’ र झापाका उपाध्यक्ष शिव ढुङगेलले प्रशिक्षण प्रदान गरेका थिए ।

अध्यक्ष सापकोटाका अनुसार नेता गुरुङले संविधानको व्याख्या र कार्यान्वयनका अवस्था, ओलीले कम्युनिष्ट आचार, शैली र पद्दति, ढुङगेलले नेपालका राजनीतिक दलहरुको तुलानात्मक अध्ययन र स्वस्थीले नेपाली समाजको ऐतिहासिक विकास तथा वर्तमान संरचना विषय प्रशिक्षण प्रदान गरिएको थियो ।
पाठ्यक्रममा आधारित प्रशिक्षण कार्यक्रममको उद्घाटन सत्रमा प्रमुख अतिथि पोलिटव्यूरो सदस्य गुरुङले एमाले खारिएर आएको पार्टी भएको बताएका थिए । एमाले स्पष्ट मार्गचित्र भएको पार्टी भएको उनको भनाई थियो ।
घरदैलो अभियान सञ्चालनको तयारीमा रहेको एमाले बाह्रदशीले प्रशिक्षणलाई प्राथमिकता दिएको छ ।







प्रतिक्रिया