Banner news

बिर्तामोडका युवा व्यवसायी स्वीमिङ पुलमा मृत फेला, घटना शंकास्पद

बिर्तामोडका युवा व्यवसायी स्वीमिङ पुलमा मृत फेला, घटना शंकास्पद


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा शुक्रबार बेलुका एक युवा व्यवसायी मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।


ओमकार रेडिमिक्स र बुलडक्स पेवर्सका सञ्चालक समेत रहेका प्रसाई आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न भनेर दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ः०० बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

साढे ३ फिटको स्वीमिङ पुलमा डुमेर मृत्यू भएको घटनालाई परिवारले शंकास्पद भएको जनाएको छ । स्वीमिङ पुलमा पौडिखेल्न आउनेहरुको सुरक्षा गर्ने गरी हेरालु पनि हुन्छ, डुबेको बेला कसैले नदेख्ने विषयले शंका थपेको जनाइएको छ । मृत फेला परेका प्रसाई पौडी खेल्न पनि जान्ने मान्छे हो, परिवारका अनुसार घटना नियोजित छ ।

घटना शंकास्पद भएको भन्दै परिवारले पोष्टमार्टमका लागि शव धरान पुराएको छ । परिवारका एक सदस्यका अनुसार घटना प्राकृतिक जस्तो छैन, शंका गर्ने ठाउँहरु धेरै भएकाले पोष्टमार्टमपछि स्पष्ट हुन सक्छ ।

स्वीमिङ पुलमा आवश्यक मापदण्डहरु समेत नअपनाइएको परिवारको दावी छ । प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ ।

शेयर गर्नुहोस :

7.4k
Shares