मुख्य समाचार

राष्ट्रिय युवा संघ हल्दीबारीको अध्यक्षमा मैनाली

राष्ट्रिय युवा संघ हल्दीबारीको अध्यक्षमा मैनाली


हल्दीबारी । राष्ट्रिय युवा संघ नेपाल हल्दीबारीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कुमार मैनाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् ।


नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार, अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा संजय नेम्वाङ, सचिवः प्रज्वल रायमाझी , सहसचिव उमेश खनाल र राज तिम्सिना, कोषाध्यक्षः सुशीला मर्डि रहेका छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा आयुस निरौला, रुपेश शिवाकोटी, गोविन्द कार्की, प्रिती रेग्मी, उत्सव भट्टराई, विशाल सोरेन, राज कुमार ढुंगाना, आस्था संग्रौला, सुजता भट्टराई, मुना आचार्य उप्रेती, दिनेश शिवा, रोशिन नेम्वाङ, सुसन ढकाल र नाइसा सिग्देल सर्वसम्मत चयन भएका छन् ।

शेयर गर्नुहोस :

1.8k
Shares