बिर्तामोड । जेन जी आन्दोलनपछि बिर्तामोडको सुरक्षाका लागि जिल्लाबाटै प्रहरी परिचालन गरिएको छ । कार्यालयमा आगजनी र हतियार समेत खोसिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी विस्थापित भएका थिए । ट्राफिक प्रहरी र इलाका प्रहरी नै विस्थापित भएपछि बिर्तामोडका नागरिकले असुरक्षा महसुस गरिरहेका छन् ।
अन्तरिम सरकार बनेपछि बजारमा चहलपहल बढेको छ । चहलपहल बढेपनि सुरक्षाको प्रत्याभूत गर्न नसकेका नागरिकहरुले चाँडोभन्दा चाँडो प्रहरी कार्यालय स्थापित हुनुपर्ने बताइरहेका छन् । कार्यालयभित्र आगजनी नै गरिएकाले बस्नै नमिल्ने अवस्था छ, झापा जिल्ला प्रहरी कार्यालयले भन्यो – माथिको आदेश र आवश्यक तयारीपछि कार्यालय पुनस्थापना गरिनेछ । तालुक कार्यालयले आवश्यक प्रक्रिया बमोजिम प्रहरी पठाउने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीहरु विस्थापित भएको स्थानहरुमा संयुक्त गस्ती चलिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती सञ्चालन गरिरहेको बताइएको छ । आम नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने गरी सुरक्षा व्यवस्थापन मिलाइएको जनाइएको छ । जिल्लाभरका प्रहरीहरुलाई आवश्यकताका आधारमा परिचालन गरिरहेको झापा प्रहरीले जनाएको छ ।
विस्थापित प्रहरीहरुलाई दशैंअघि नै ल्याउने गरी प्रक्रिया सुरु गरिएको बुझिएको छ ।







प्रतिक्रिया