Banner news

बादल लागे फाट्छ, साँझ अध्याँरो भए बिहान उज्यालो हुन्छ : अध्यक्ष ओली

बादल लागे फाट्छ, साँझ अध्याँरो भए बिहान उज्यालो हुन्छ : अध्यक्ष ओली


भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई देशभक्त बनाउनुपर्ने बताउनुभएको छ । देश र जनतालाई माया गर्ने युवा पंक्ती बनाउनुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर स्थित गुण्डु निवासमा आज युवा संघका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । ‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रुपमा,देश बनाउने कर्मठको रुपमा जानुपर्दछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हाम्रो आनीबानी बरव्यवहार,बोलीचाली अत्यन्तै मिठो,सुमधुर हुनुपर्दछ । समाज उपयागी हुनुपर्दछ । ’

असभ्य र गैह्र जिम्मेवार हुनु युवापन नभएको उहाँको भनाइ छ । युवाहरुले छलकपट हैन इमान्दार हुन सिक्नुपर्ने उहाँको भनाइ छ । ‘सामाजिक सञ्जालको प्रभावमा पर्ने,डिजिटल प्लेटफर्महरुमा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी बिचार नगरीकन हल्काफुल्का ढंगले चल्ने प्रवृतिहरु बढेका छन् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस प्रवृतिलाई हामीले अन्त्य गर्नुपर्दछ ।’

नेपालीलाई भिसा नदिने,काम नदिने अवस्था भएको अध्यक्ष ओलीले बताउनुभयो । यहाँले नेपाल बद्ध्नाम अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो । यस्तो बद्ध्नामीबाट बचाउनु हाम्रो कर्तव्य भएको उहाँको भनाइ छ । ‘नेपाल इमान्दार र कर्मठ मान्छेको देश हो । अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरुको देश हो । एउटा सभ्यताको लामो इतिहास भएको देश हो र त्यो सभ्यतालाई विकास गरेर लैजान तम्तयार नयाँ पिंडि भएको देश हो भनेर हामीले अगाडी बढाउनु पर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो ।

देशमा हालैको आन्दोलनले देशमा ठुलो क्षति भएको र यस क्षतिबाट उठाएर देशलाई अघि बढाउनु पर्ने उहाँको भनाइ छ । फेरी यस प्रकारका घटना हुन नदिन संगठित भएर जानुको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले युवालाई हिम्मत र हरेश नखान आग्रह गर्नुभएको छ । ‘सिंहदरबार जलाइयो ।कस्ले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन ’ अध्यक्ष ओलीले भन्नुभयो ‘अरु नै कुनै घुसपैठिया तत्वले गरे जो पहिले देखि नै भन्दैथिए त । सिंहदरबार जलाउछु भनेर । यो एउटा योजनाबद्ध काम हो । ’

उहाँले बादल लागे पनि फेरी बादल फाट्ने र साँझ पर्यो भन्दैमा बिहान उज्यालो नहुने होइन भनेर बुझ्नुपर्ने बताउनुभयो ।

शेयर गर्नुहोस :

54
Shares