मुख्य समाचार

काँग्रेसको बैठकमा चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव

काँग्रेसको बैठकमा चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव


काठमाडौँ । नेपाली काँग्रेसको बैठकमा चुनाव वैशाखमा सार्नुपर्ने प्रस्ताव आएको छ।

सानेपामा जारी केन्द्रीय गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले फागुन २१ को चुनाव वैशाखमा सार्न आवश्यक रहेको बताए।

फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको भनाइ छ। उनले बैठकमा भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’

महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu