Banner news

असंवैधानिक सरकारविरूद्ध बिर्तामोडमा एमालेको श्रृङखलावद्ध प्रदर्शन

असंवैधानिक सरकारविरूद्ध बिर्तामोडमा एमालेको श्रृङखलावद्ध प्रदर्शन


झापा । जेनजी आन्दोलनको प्रमुख निशाना बनेपछि नेकपा एमालेले बिर्तामोडमा आफ्ना गतिविधि तीब्र बनाएको छ ।

झापामा पार्टी गतिविधि सञ्चालनका दृष्टिले विर्तामोडको एमाले सबैभन्दा अगाडि देखिएको छ । विर्तामोडमा एमालेले अन्तरिम सरकारविरुद्ध चार दिनमै दुई पटक ठूला प्रदर्शन गरेको छ ।

आज विर्तामोडमा पार्टीले मोटर साइकल र्याली सम्पन्न गरेको छ । तीन दिनअघि पनि विर्तामोड एमालेको आयोजनामा गरामनी क्षेत्रमा प्रदर्शन र कोणसभा भएको थियो ।

सहभागिताको दृष्टिले आजको मोटर साइकल र्याली प्रभावशाली रहेको थियो । सिटी सेन्टरबाट सुरु र्याली गरामनी र चारपानी हुँदै विर्ता बजार पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई जेन्जी नेता आशा गुरुङ, राष्ट्रिय युवा संघका झापाका इन्चार्ज एवम् कार्यक्रम संयोजक खगेन्द्रराज आङ्देम्बे, संघका विर्तामोड अध्यक्ष प्रविन सादेम्बा, एमालेका केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी लगायतका वक्ताले मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा गठित सरकार असंबैधानिक भएकाले खारेज हुनुपर्ने र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्नु भएको थियो ।

नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले कोणसभामा बोल्दै मुलुकमा अराजकता फैल्याउने, आगजनी र तोडफोड गर्नेहरुलाई कानूनी कार्वाही हुनुपर्ने बताउनुभयो ।

शेयर गर्नुहोस :

702
Shares