मुख्य समाचार

उच्च मनोबलका साथ पार्टी काममा लाग्न नेता दाहालको आग्रह

उच्च मनोबलका साथ पार्टी काममा लाग्न नेता दाहालको आग्रह


झापा, ४ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

मंगलबार झापाको विर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि नेता दाहालले संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नुपर्ने पनि बताए । अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सृजना गरिएका भ्रमहरु चिर्न जरुरी रहेको बताए ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका दाहालले आफूले मन्त्रालयको कार्यक्षेत्रमा सुधारको काम गरेको पनि बताए । अहिलेको सरकारले हिंसा र अपराधलाई संरक्षण गर्न सक्ने भन्दै उनले त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न जरुरी रहेको बताए ।

भेटमा एमाले झापा अध्यक्ष प्रेम गिरीले भदौ २३ र २४ को आगजनी र तोडफोडमा एमालेलाई मुख्य निशाना बनाइएको बताए । यस क्रममा जिल्लाभर भएको क्षतिका बारेमा उनले जानकारी गराएका थिए । अवलोकनका क्रममा एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares