बिर्तामोड । दोस्रो ठुलो पर्व तिहार सकिएसँगै तराईमा छठ पर्वको तयारी गरिएको छ । बजारमा कनिमेलदेखि नदी किनारमा घाट निर्माणले रौनकता बढाएको छ । कार्तिक शुक्ल पक्षको चौथी तिथीबाट सुरु हुने चार दिने छठ पर्व यस वर्ष कार्तिक १० र ११ गते मनाइदैछ । छठ पर्वलाई हिन्दू समुदायबीच अत्यन्तै श्रद्धा र उल्लासका साथ मनाइने प्रमुख धार्मिक उत्सव मानिन्छ।
छठ पर्व नजिकिँदै जाँदा झापासहित विभिन्न तराई मधेशका जिल्लाहरुमा पुजा सामग्री, फलफूल, भाँडावर्तन, कपडा–लत्ता र प्रसादका वस्तु किनमेल सुरु भइसकेको छ। यसैबीच ब्रतालु परिवार नदी, तलाउ र पोखरीजस्ता जलाशयहरूमा छठी माताको आराधना हुने छठीघाट निर्माणमा जुटेका छन् ।
छठको मुख्य दिन षष्ठी तिथीमा अस्ताउँदो सूर्यलाई र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहिआएको छ। झापाको विरिङ,कनकाई, मेची, रतुवा लगायतका नदीहरुमा घाट निर्माणको काम भइरहेको छ ।







प्रतिक्रिया