Banner news

क्षतिग्रस्त संरचनाको अवलोकनमा पूर्वमन्त्री दाहाल

क्षतिग्रस्त संरचनाको अवलोकनमा पूर्वमन्त्री दाहाल


दमक । नेकपा एमालेका नेता एवम् निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरुको अवलोकन गर्नु भएको छ ।

गत भदौ २३ र २४ गते आगजनी र तोडफोड गरिएका कार्यालयहरुको उहाँले शुक्रबार अवलोकन गर्नु भएको हो । त्यस क्रममा नेता दाहाल आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताउनुभयो । आगजनी तथा तोडफोडमा संलग्नको खोजी गरि कानुनी दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । दोषीहरुलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रसय दिन नहुने उहाँको भनाइ थियो ।

एमाले पोलिटब्युरो सदस्य दाहालसहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापा सहितको टोलीले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रिय सदस्य ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासको अवलोकन गरेको हो ।

शेयर गर्नुहोस :

108
Shares