बिर्तामोड । तारा नमस्ते बालग्रामको अध्यक्षमा पुनः नारायण प्रसाद पोखरेल चयन हुनु भएको छ । बिर्तामोड नगरपालिका–४ मा रहेको तारा नमस्तेको हालै सम्पन्न छैटौं अधिवेशन तथा १० औँ वार्षिक साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यामनाथ विमली, सचिवमा दिपेन्द्र राउत र कोषाध्यक्षमा गोमा भट्टराई चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा शान्ता रोक्का, राजेन्द्र प्रसाद रेग्मी, इन्दु केसी, मदन रसाइली, हरि प्रसाद ओझा र कमला पाठक सिवाकोटी चयन हुनु भएको छ ।

सोही कार्यक्रमबाट दुई आश्रित बालिकाहरुलाई पुर्नस्थापित गरिएको छ । बालगृहको नियम बमोजिम कक्षा १२ पास भएपछि वा १८ वर्ष पुरा भएपछि समुदायमा पुर्नस्थापित गर्ने व्यवस्था छ । बालग्रामले पहिलो पटक भावना चौहानलाई पुर्नस्थापित गरेको थियो भने यो कार्यक्रमबाट सरस्वति गिरी र पूर्णिमा चौहानलाई पुर्नस्थापित गरिएको बालग्रामकी कार्यकारी प्रमुख यशोधा पोखरलेलले जानकारी दिनुभयो । दुवै जनालाई बालग्रामको नियम बमोजिम २१÷२१ हजार रुपैयाँ खर्च समेत उपलब्ध गराइएको छ ।
सो कार्यक्रममा बालग्रामलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था, सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । सहयोगीहरु तारा नमस्ते फाउण्डेशन काठमाडौं र स्वीजरलेण्डलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यस्तै, विद्यार्थीलाई निशुल्क पठनपाठन गर्ने शैक्षिक संस्थाहरु लोटस प्रि स्कुल, अनारमनी लिवर्टी स्कुल, इकम फाउण्डेशन, वेस्ट फ्युचर मन्टेश्वरी र मनकामना माविलाई सम्मान गरिएको छ । निशुल्क कपाल काट्न सहयोग गर्ने बिर्तामोडको युनिसेक्स एण्ड टे«निङ सेन्टर र आजीवन सदस्यहरुलाई सम्मान गरिएको छ ।
बालगृहका बालबालबालिकालाई निशुल्क सीप सिकाउने संस्था रिन्ची बारिस्टा टे«निङ सेन्टर बिर्तामोडलाई सम्मान पत्रबाट सम्मान प्रदान गरिएको छ ।
कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा अधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन उपाध्यक्ष यामनाथ विमलीले प्रस्तुत गर्नु भएको थियो । तारा नमस्ते बालग्राममा अहिले ३० जना बालबालिकाले आश्रय लिइरहेका छन् ।







प्रतिक्रिया