बिर्तामोड । झापा मेचीनगर – १३ स्थित हातेमालो सामुदायिक वन भित्र आज बिहान ११ बजे आगजनी गरिएको कारको पहिचान खुलेको छ ।
उक्त कार शिवसताक्षी नगरपालिका १० माइधारका ३३ वर्षिय सरोज शर्माको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा शर्माको चप्पलसमेत फेला परेको छ ।
शर्मा कारमा आगजनी गरेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी ४ दिन अघिदेखि मोबाइल अफ गरेर परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ ।
उनको खोजी भइरहेको जनाएको छ ।







प्रतिक्रिया