आर्थिक

नेप्से परिसूचक २६ सय विन्दुमा

नेप्से परिसूचक २६ सय विन्दुमा


काठमाडौं – साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ५.१७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४५२.८१ विन्दुमा पुगेको छ।

यसदिन ३१९ स्क्रिप्सको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१६ स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ। ५ स्टक्सको मूल्य भने स्थिर रहेको छ।

आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तिय संस्था र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

शेयर गर्नुहोस :

81
Shares