Banner news

अध्यक्ष ओलीले मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक

अध्यक्ष ओलीले मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई मूलघर फर्कन गरेको आव्हान स्वागत र समय सान्दर्भिक रहेको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

‘जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो, भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो।’

उनले एकताको लागि निम्न चार आधारसमेत प्रस्तुत गरेका छन् – 

– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।

-पुष्पलाल,मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।

-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।

– नेकपा एमालेको नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
कमरेडहरू, आउनुहोस् यिनै मान्यतामा हातेमालो गरौँ ।

शेयर गर्नुहोस :

0
Shares