बिर्तामोड । संविधानको रक्षा, संसद् पुर्नस्थापनासँगै शान्ति सुरक्षाको माग गर्दै झापामा एमालेले मोटरसाईल ऱ्याली गर्दै आएको छ । बिर्तामोडपछि दमकमा भएको मोटरसाईकल ऱ्याली कात्तिक १८ गते अर्जुनधारामा हुने भएको छ ।
शनिबार अर्जुनधारा नगर पार्टी कार्यालयमा बसेको अर्जुनधारा नगर कमिटीको सातौं पूर्ण बैठकले शक्ति प्रदर्शनसहित नगरस्तरीय बृहत मोटरसाइकल ऱ्याली गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयबारे जानकारी दिँदै एमाले अर्जुनधाराका सचिव श्रीप्रसाद नेपालले जनसहभागिता प्रदर्शनका लागि मातहतका सबै कमिटीहरूलाई आव्हान गरिएको छ ।
बैठकले भर्खरैको अविरल वर्षाका कारण कृषकको धानबालीमा पुगेको क्षतिप्रति राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । साथै, मंसिर महिनाको पहिलो साता सबै वडामा पार्टी प्रशिक्षण सञ्चालन गर्ने र मतदाता नामावलीमा छुटेका तथा थप गर्नुपर्ने मतदाताहरूका लागि सहजीकरण गर्ने निर्णय गरिएको सचिव नेपालले बताउनुभयो ।
अर्जुनधारा नगर कमिटीका अध्यक्ष बिर्ख प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरी र केन्द्रीय सदस्य अमृतलाल राजवंशीले समेत सम्बोधन गर्नुभएको थियो ।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र वर्तमान अवस्थाबारे ११ वटै वडा कमिटीहरूबाट रिर्पोटिङ प्रस्तुत गरिएको थियो ।







प्रतिक्रिया