मुख्य समाचार

धुलाबारीदेखि चारआलीसम्म एमालेले मोटरसाइकल ऱ्याली गर्ने

धुलाबारीदेखि चारआलीसम्म एमालेले मोटरसाइकल ऱ्याली गर्ने


मेचीनगर, २४ कात्तिक । नेकपा एमाले मेचीनगरले बुधवार संसद् पुनस्र्थापना र असंबैधानिक अन्तरिम सरकारको खारेजीको माग राख्दै मोटरसाइकल र्याली गर्ने जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई राजीनामा दिन बाध्य तुल्याएर पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएयता मेचीनगरका एमालेले आफ्नै संगठनको बलमा पहिलोपटक विरोध कार्यक्रम आयोजना गर्न लागेको हो ।

यसअघि एमाले र कांग्रेसले संयुक्त रुपमा काँकरभिट्टामा प्रदर्शन र कोणसभा गरेका थिए ।

एमाले मेचीनगर नगर कमिटीका अध्यक्ष राजु कार्कीले धुलाबारीेदेखि चारआलीसम्म मोटर साइकल र्याली आयोजना गरिएको र त्यसमा भब्य सहभागिता रहने बताउनुभयो ।

कार्यक्रम बारे जानकारी दिन आज धुलाबारीमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रेस नोट बाचन गर्दै उहाँले नेकपा एमाले संविधानले नचिन्ने सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको खारेजी र विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो ।

जेनजी प्रदर्शनको क्रममा जीवन गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष कार्कीले जेनजीहरुले केपी शर्मा ओली नेतृत्वको जननिर्वाचित सरकारको बहिर्गमन र जननिर्वाचित प्रतिनिधिसभा बिघटनको माग कहिल्यै नराखेको बताउनुभयो ।

ओली नेतृत्वको सरकार हटाउने र संसद् विघटन गर्ने गतिविधिमा प्रतिगामी चलखेल र षडयन्त्र भएको उहाँको भनाई थियो ।

उहाँले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको जनचाहनाको रक्षाका निम्ति उत्रिन नेकपा एमालेको सबै जनवर्गीय जनसंगठनसहित तमाम जनसमुदायलाई आह्वान समेत गर्नु भएको छ ।

शेयर गर्नुहोस :

5.4k
Shares