बिर्तामोड । झापा बिर्तामोड नगरपालिका वडा नं. १० स्थित ठूटेबर टोल विकास संस्थाका अध्यक्ष भोला पाण्डे राप्रपा प्रवेश गरेको २४ घण्टा नवित्दै नेपाली कांग्रेसमै फर्किएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार व्यक्त गर्दै कांग्रेसमै फर्किएको जानकारी गराएका छन् ।

पाण्डे ठूटेबर टोल विकास संस्थाका अध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता हुन् । आइतवार राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनको घरमै पुगेर पार्टी प्रवेश गरेका उनले फेसबुकमार्फत कांग्रेस मै रहने घोषणा गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन् – म बि पी कोइरालाको विचार बोकेको नेपाली कांग्रेसको एक कार्यकर्ता हुँ । मेरो परिवार अनि विशेष गरेर स्वर्गीय पिताजी जसले यो विचार जस्तो सुकै परिस्थितिमा सहजताका साथ विचारमा अडिग भएर सदैब उभिनुभयो । उहाँको विचारमा म आफ्नो जीवनकाल भरी उभिए । हिजो आफूलाई आफूले सम्हाल्दा समाल्दै भावना बहकिएर २४ घण्टा विचार विहीन पार्टीमा बस्दै गर्दा मेरो स्वर्गीय पिताजीको आत्मालाई सम्झिएर रात भरी निदाउँन सकिन र आफूले गल्ती गरेको महसूस गर्दै आफै मेरो आत्माभित्रका नेता एवं साथीहरूलाई साक्षी राखेर आफ्नै घरमा फर्किएको छु । यसबाट साथीहरूलाई पर्न गएको चोटका प्रति दुःखी हुँदै अन्य सबै साथीहरूलाई पनि देश र जनताको निमित्त समर्पित पार्टीमा जोडिन अनुरोध समेत गर्दछु ।
राप्रपाका स्थानीय नेता पृथ्वी बस्नेतका अनुसार आइतवार बिर्तामोड – १० निवासी नेपाली कांग्रेसका क्षेत्रीय सदस्य छविलाल आचार्य र बिर्तामोड –१० का वडा सभापति मदन गुरुङको नेतृत्वमा कांग्रेस, एमालेका कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका थिए । उनीहरुलाई राप्रपाका अध्यक्ष लिङदेनले पार्टी सदस्यता प्रदान गरेका थिए ।








प्रतिक्रिया