सम्पादकीय

झापालाई ब्रेथलाइजर जुटाऔं

झापालाई ब्रेथलाइजर जुटाऔं


सम्पादकीय
सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको संभावना हुन्छ । दुर्घटना नहोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरीले चालकको मापसे जाँच गर्ने गरेका छन् । मापसे जाँचले दुर्घटना जोखिम कम गरेको छ । मापसे गरेको खण्डमा कारबाही गर्ने, सवारी चलाउन नदिने गरिन्छ । जसले चालकलाई सुरक्षित गर्न मद्दत गर्छ । रातको समयमा मापसे गरेर सवारी चलाउनेहरुको संख्या ठुलो छ । ट्राफिल प्रहरीले मापसेकै कारण दुर्घटना नहोस् भन्ने हिसावले जाँच गर्दै आएका छन् । अहिले मापसे जाँच प्रभावित भएको छ । मापसे जाँच नहुँदा रातको समयमा दुर्घटनाको जोखिम बढेको छ ।

जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी भयो । त्यस क्रममा झापा जिल्लामा मात्रै ३ थान ब्रेथलाइजर मेसिनमा क्षति पुग्यो । बिर्तामोड, सुरुङा र दमकमा रहेको उक्त मेसिन जेनजीको आन्दोलनमा क्षति भयो । अहिले चारआली र काँकरभिट्टामा दुई थान मात्र छ । कोशी प्रदेशमा ३८ वटा ब्रेथलाइजर रहेको जनाइएको छ । ६३ थानमा २५ थान जेनजी आन्दोलनमै गुमाउनु परेको छ । एक थान मेसिनलाई सवा लाख हाराहारी पर्ने मेसिनको अभाव खड्किएको छ । मेसिन नहँुदा दुर्घटनाको जोखिम बढेको छ । मापसेमा कडाई नहुँदा लापरबाही बढ्दै गइरहेको छ ।

ब्रेथलाइजर मेसिन नभएको मौका छोपेर मापसे गर्ने कतिपयको मौका हुन सक्छ । त्यसले ट्राफिक प्रहरीलाई नभई स्वयम् चालकलाई क्षति पुग्छ । यसरी कसैले पनि मौकाको फाइदा उठाउन हुदैन । मौकाको फाइदा उठाउदा मानवीय तथा आर्थिक क्षति पुग्छ । अब, ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन खरिदमा सहयोग गर्न आवश्यक देखिएको छ । स्थानीय स्तरबाट झापाको ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनीको पुर्ननिर्माण गरिएको छ । असंभव छैन, सहयोग गर्न बाँकी समुदायको तर्फबाट सहयोग गर्ने हो भने ब्रेथलाइजर जुटाउन सकिन्छ । ब्रेथलाइजर नभए मापसेकै कारण ज्यान जान सक्छ । दुर्घटनामा पर्न सकिन्छ । यसैले अब, सबैको सहयोगबाट ब्रेथलाइजर मेसिन जुटाउन ट्राफिक प्रहरीलाई सहयोग गरौं ।

शेयर गर्नुहोस :

0
Shares