मुख्य समाचार

बिर्तामोड ३ मा एमालेको सदस्यसँग अन्तरक्रिया

बिर्तामोड ३ मा एमालेको सदस्यसँग अन्तरक्रिया


बिर्तामोड । नेकपा एमाले बिर्तामोड–३ वडा कमिटीको आयोजनामा नेकपा एमालेको वडा स्तरिय कार्यक्रम भएको छ । राजनीतिक, सामाजिक तथा संगठनात्मक विषयमाथि अन्तरक्रिया केन्द्रित भएको थियो ।

अन्तरक्रियाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य उमानाथ ओलीले कार्यक्रममा कम्युनिष्ट आचरण र संगठनात्मक अनुशासनका विषयमा विस्तृत धारणा राख्नु भएको थियो । साथै बदलिदो राजनीतिक वातावरणमा कम्युनिष्ट कार्यशैली अझ मजबुत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

सो अन्तरक्रियामा सुवास भट्टराई, नगेन्द्र संग्रौला, पवित्रा महतारा प्रसाई, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी लगायतका वक्ताहरूले सहभागीको प्रश्नमा जवाफ दिनु भएको थियो ।

सहभागीहरूले विशेषगरी जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीलाई धेरैजसो प्रश्न राखेका थिए । अध्यक्ष गिरीले सहभागीका प्रश्नहरूको बुझाई अनुसार स्पष्ट र व्यवहारिक सहजीकरण गर्दै पार्टीको नीति, संगठनात्मक गतिविधि र स्थानीय तहका चुनौती सम्भावनाबारे खुला जवाफ दिनुभएको थियो ।

वडा कमिटी अध्यक्ष कोशिस घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य उमानाथ ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

स्थानीयस्तरमा पार्टीको उपस्थिति, संगठनात्मक सक्रियता र नेतृत्वसँग प्रत्यक्ष संवाद बढाउन गरिएको कार्यक्रममा सहभागीहरूको सक्रियता र नेतृत्वको स्पष्टिकरणसँगै अत्यन्त सफल र प्रभावकारी भएको वडा कमिटी अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा टिपोर्ट वडा सचिव श्री प्रसाद न्यौपानेले गरेका थिए भने स्कुल विभागका उपप्रमुख चक्र बिमली औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन हिमाल मैनालीले गरेका थिए ।

शेयर गर्नुहोस :

243
Shares