मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि सर्‍यो


काठमाडौं, १४ मंसिर । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ ।

शेयर गर्नुहोस :

108
Shares