मुख्य समाचार

नेविसंघ स्ववियु परिषदको उपाध्यक्षमा बिर्तामोडका किरण गुरुङ सर्वसम्मत

नेविसंघ स्ववियु परिषदको उपाध्यक्षमा बिर्तामोडका किरण गुरुङ सर्वसम्मत


बिर्तामोड । नेपाल विद्यार्थी संघ स्ववियु परिषद नेपालको उपाध्यक्षमा झापा बिर्तामोडका किरण गुरुङ सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंस्थित त्रिवि स्मृति भवनमा मंसिर ११ देखि भएको अधिवेशनबाट गुरुङ उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी कनकाई आदर्श क्याम्पस बिर्तामोडका स्ववियु सभापति हुन् । खुल्लामा १ महिला र २ खुल्ला उपाध्यक्ष चयन भएका छन् ।
नेपाल विद्यार्थी संघ स्ववियु परिषद् नेपालको केन्द्रीय अधिवेशनले सभापतिमा रोहित कपालीलाई सर्वसम्मत गरेको छ । उनी पाटन क्याम्पसका स्ववियु सभापति हुन् ।

शेयर गर्नुहोस :

14.6k
Shares