बिर्तामोड

बिर्तामोड ल्याईएको रायो सागमा विषादीको मात्रा उच्च

बिर्तामोड ल्याईएको रायो सागमा विषादीको मात्रा उच्च


बिर्तामोड । झापाको बिर्तामोडमा जाँच गरिएको रायो सागमा विषादीको मात्रा उच्च भेटिएको छ । रायो सागमा ९८.०७ प्रतिशत विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

आज विहान गरिएको विषादी परीक्षणमा रायो साग उपभोग गर्न नमिल्ने जनाइएको छ । प्रयोगशाला इकाईले बिर्तामोड १० बाट ल्याइएको रायो सागको विषादी परीक्षण गरेको थियो । कुमार उप्रेतीले ल्याएको १२ मुठा सागमा विषादी भेटिएपछि त्यसलाई नष्ट गरिएको छ ।

४५ प्रतिशत भन्दाभाथि विषादी प्रयोग भएको भेटिएमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।

बिर्तामोड कृषिथोक बजारमा भइरहेको विषादी परीक्षणपछि किसान पनि सचेत भएको बताइएको छ । पहिले जस्तो विषादीको मात्रा नरहेको प्रयोगशाला इकाईका कर्मचारी मोहम्मद इस्लाम बताउँछन् । उनका अनुसार पछिललो समय कृषिजन्य उत्पादनमा विषादीको मात्रा घट्दो क्रममा छ ।

शेयर गर्नुहोस :

216
Shares