आर्थिक

अर्जुनधाराको सहनशील महिला सहकारीको १६ औं साधारणसभा सम्पन्न

अर्जुनधाराको सहनशील महिला सहकारीको १६ औं साधारणसभा सम्पन्न


शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले माईन्युट लेखन समिति चयन, आर्थिक वर्ष ०८१÷०८२ को प्रगति प्रतिवेदन र आ .व. ०८२-०८३ को भावी नीति तथा कार्यक्रम प्रस्तुत छलफल तथा अनुमोदन, बजेट पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवं झापा जिल्ला सहकारी संघका उपाध्यक्ष देविका निरौला बस्नेतले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । साधारणसभामा संचालक समितिको तर्फबाट संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्षमा संस्थाको शेयर पूँजी १ करोड २ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । निक्षेप २ करोड ४३ लाख ९९ हजार ६ सय ७१ रुपैयाँ भएको छ । कर्जा लगानी बाँकी ४ करोड १९ लाख ३१ हजार ८ सय ६४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

शेयर सदस्य संख्या ७२६ जना रहेकोले कार्यक्षेत्र अर्जुनधारा र विर्तामोड वडा नम्बर ३ , ४, ५ र ६ रहेको उल्लेख छ । त्यसै गरी व्यवस्थापक पम्फादेवी विश्वकर्माले आगामी आर्थिक वर्ष ०८२-०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् भने लेखा समिति संयोजक कल्पना विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

सोही अवसरमा उत्कृष्ट बाल बचत कर्ता आरभ राई, उत्कृष्ट मासिक बचत कर्ता मन्दिरा सापकोटा, उत्कृष्ट व्यवसायी चन्द्रविर यादव, शेयर सदस्यका छोराछोरी उत्कृष्ट विद्यार्थीहरु तिनीहाङमा लिम्बू र संस्कृती विकलाई सम्मानपत्रसहित मायाको चिनो र नगदले सम्मान गरिएको थियो ।

अध्यक्ष थापाको सभापतित्व र व्यवस्थापक विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि निरौला बस्नेत ,लालीगुराँस कृषि सहकारी संस्थाका अध्यक्ष हिमा विष्ट ,वाणगंगा सुपारी सहकारी संस्थाका कोषाध्यक्ष भगवती थापा ,रिद्धिसिद्धि महिला कृषि सहकारी संस्थाका प्रतिनिधि माया पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

459
Shares