विचार

पोस्टमार्टम डिप्रेसन र लैंगिक हिंसा

पोस्टमार्टम डिप्रेसन र लैंगिक हिंसा


सिर्जना परियार 

नोभेम्बर २५ देखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । यो सन् १९९१ देखि नै सुरु भएको हो । अभियान निरन्तर चलिरहेको छ । किनभने, हिंसा न्यूनिकरण नभएका कारण अभियानको निरन्तरता जरुरी भएको हो ।

अझै, हिंसा रोकिएको अनुभूति छैन । कहिले लिङ्गको आधारमा हिंसा हुन्छ भने कहिले आर्थिक रुपमा त कहिले सामाजिक रुपमा, कहिले मानसिक रुपमा ,कहिले प्रविधिको दुरुपयोग गरेर हिंसा गर्ने गरिएको छ । त्यसमा पनि महिलाले महिलालाई नै गर्ने हिंसा झन् दुखद् छ । एउटा छोरी मान्छेले बच्चा पाउन सकेन हेर्ने दृष्टिकोण नै बदलिन्छ । छोरी मान्छेले एउटा छोरी मान्छेलाई जन्म दिइरहँदा पनि उसले घोचपेच सहनुपर्छ । किन छोरा जन्माइन भन्ने प्रश्न आउछ । यो कुराहरु बिस्तारै हट्दै जाने विश्वास छ । तर, मानिसको मानसिक रुपबाट पूरा रुपमा हट्न सफल भएको भने छैन । एउटा महिलाले एउटा बच्चालाई हुर्काइरहँदा पनि उसले धेरै पीडाहरू सहनुपर्ने हुन्छ । जसरी तपाईँ हामी महसुस गर्छौं ।

हामीलाई आफ्नो आमा कति महान लाग्छ । उहाँले हामीलाई नौ महिना गर्भमा राख्नुभयो । कति दुःख कष्ट सहेर हुर्काउनुभयो । हामीलाई राम्रो शिक्षा दिनुभयो । हामीलाई असल बनाउनुभयो भनेर हामी गर्व महसुस गर्छौं । त्यसरी नै एउटा महिला कसैको छोरी, कसैको दिदी कसैको बहिनी आमा बनिरहँदा उसले परिवारको साथ परिवारको माया पाउनुपर्छ । हामी आफ्नो आमालाई महान मान्न सक्छौ तर आफ्नै बच्चाको आमा जो पहिलो पटक आमा बन्दै छ, उसलाई आमा बन्दाको पीडा र आमा बन्दाको पहिलो भोगाईमा कसरी साथ दिन्छौं ?

नेपालमा पछिल्लो दशकमा मानसिक स्वास्थ्य बारे चेतना बढ्दै गएको छ । पोस्टमार्टम डिप्रेसन अझै लुकाइएको समस्या हो । कम बोलिने शब्द पनि हो । यसलाई लुकाएर आफै कमजोर बन्नुपर्ने अवस्थाबाट महिलाहरु बाहिर आउनुपर्छ । लुकाएरै राख्ने हो भने त्यसको पीडा सधैं भोग्नुपर्ने हुन्छ ।

परिवार र समाजमा लाज मानिने भएकोले मानसिक रोग कसैले स्वीकार गर्न सक्दैन । पहिलो अनुभव पहिलो भोगाई कसैको अनुहारमा धेरै हाँसो त कसैको अनुहारमा धेरै दुःख झन्झनाट रिसराग देखिन्छ । यसले धेरैलाई असर गर्ने गर्छ । कतिपयले ज्यान गुमाएका छन् । यो समयमा परिवारको धेरै नै आत्मीयताको खाँचो पर्छ । त्यस्तै, लिङ्गको आधारमा पहिलेदेखिको नै हिंसा भइरहेको नै छ । छोरी मान्छे धेरै हिंसामा परिरहेका हुन्छन् । त्यसमाथि अहिले त प्रविधिको युग छ ।

हरेक कुराहरू अनलाइन मार्फत एकैछिनमा थाहा हुन्छ । यो राम्रो पनि हो । तर यसले धेरैको जिन्दगीलाई तहसनहस बनाएको छ । प्रविधिको प्रयोग गरेर फसाउने, धम्काउने काम प्रविधिको माध्यमबाट भइरहेको छ । प्रविधिको शिकार महिला मात्रै नभएर पुरुषहरू पनि धेरै भएका छन् । प्रविधिको सहि सदुपयोग गर्ने र आआफ्नै घर परिवारबाट महिला पुरुषलाई सम्मान आदार गर्ने, साथ दिने बानी बसालौँ । सबैले आफ्नै घरबाट विभिन्न किसिमको हिंसा बन्द गरौं । घरघरबाट यो अभियान चलाउने हो भने हिंसा अन्त्य नभए पनि न्यूनिकरण हुँदै जानेछ ।

शेयर गर्नुहोस :

4.3k
Shares