बिर्तामोड । नेपाली कांग्रेस झापाको क्षेत्रीय समिति बैठकले फागुन २१ को निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरिएको जनाइएको छ । मंगलवार र बुधबार सम्पन्न पाँचै क्षेत्रीय समितिहरुले उम्मेदवारहरुको नाम पठाएको हो ।

उम्मेदवार सिफारिसका लागि मंसिर २३ गतेको समय सिमा तोकिएको थियो । बुधबार २,३ क्षेत्रमा समेत नाम सिफारिस गरेसँगै पाँच निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिसको काम सम्पन्न भएको नेपाली कांग्रेस झापाले जनाएको छ ।
झापा क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ नारायण गिरी, राम कट्टेल, खड्गबहादुर धिमाल, गोमा भट्टराई , शोभा नेम्बाङ र राधा कार्कीको नाम सिफारिस गरिएको हो ।
क्षेत्र नं २ ले प्रत्यक्ष उम्मेदवारमा सरिता प्रसाई , सजेश शिवाकोटी र छत्र गिरीको नाम सिफारिस गरेको छ । त्यस्तै समानुपातिक उमा शिवाकोटी , सीता पौडेल , भूमा घिमिरे , उर्मिला पोखरेल , देविका निरौला बस्नेत , मनु विश्वकर्मा , मिरा खड्का , रणदेव हजाम , हस्त परियार , कृष्णबहादुर श्रेष्ठ र पाण्डवलाल चौधरीको नाम सिफारिस गरिएको बताएको छ ।
झापा क्षेत्र नं. ३ को क्षेत्रीय समिति बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ भगिरथ पोद्दार, श्याम सिटौला, राजेन्द्र घिमिरे, टीकाराज ढकाल, शर्मिला अधिकारी, सिताराम खड्का, टेकप्रसाद लिम्बू, नवीन बिमलीको नाम सिफारिस गरेको हो ।
यस्तै, समानुपातिक तर्फ बडाराम हेमरम, लालबहादुर कन्दङ्वा, खड्ग राजवंशी, हरेकृष्ण घोष, सीता तामाङ, शुसिला ढकाल, सीता भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्ण कली राजवंशी, सेलेतुन खातुनको नाम सिफारिस भएको हो ।
राष्ट्रिय सभाका लागि दयानन्द गोस्वामी, ओमप्रकाश सरावगी र प्रेम भट्टराईको नाम सिफारिस गरेको जनाइएको छ ।
झापा क्षेत्र नं –४ को प्रत्यक्ष तर्फ वर्तमान सभापति देउकुमार थेवे , उत्तम चम्लागाई र धनमाया चिमरियाको नाम सिफारिस गरेको छ । समानुपातिकमा सन्तोष मेन्याङ्वो , टंकबहादुर विक , सुन्दर बेस्रा , सूर्यनारायण ताजपुरिया र मथुरा श्रेष्ठ गरी ४ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
यस्तै, ५ मा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ , पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, देवीप्रसाद दाहाल , मेदनीप्रसाद सिटौला, सिरम कार्की र खगेन्द्रप्रसाद पाण्डव अधिकारीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सुरेश सुब्बा, महिन्द्राकुमारी लिम्बू , भूमिराज राई , दिलीप राई , सत्यनारायण चौधरी , चन्द्रा खड्का भट्टराई , कृष्ण धिमाल , रोहित शाह , अम्बर बराइली , निरज अग्रवाल , भीममाया उप्रेती भुजेल, मेनुका बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरिएको जनाइएको छ ।







प्रतिक्रिया