Banner news

एमालेको नेतृत्व चयनका लागि आज मतदान हुने

एमालेको नेतृत्व चयनका लागि आज मतदान हुने


काठमाडौं, पुस १ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ बजे पछि मतदान हुनेछ। मतदान स्थल भृकुटीमण्डप तोकिएको छ।

अध्यक्ष पदमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि प्रतिस्पर्धा बढेको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएपछि दुवै प्यानलबाट अन्य पदहरूमा समेत उम्मेदवारी परेको छ।

एमालेले यस पटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्।

शेयर गर्नुहोस :

108
Shares