मुख्य समाचार

झापाका सबै प्रतिनिधिले मतदान गर्नुभएको छ : अध्यक्ष गिरी

झापाका सबै प्रतिनिधिले मतदान गर्नुभएको छ : अध्यक्ष गिरी


बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जिल्लाका सबै महाधिवेशन प्रतिनिधिले मतदान गरेको जानकारी दिएका छन् । अध्यक्ष गिरीले सामाजिक सञ्जाल फेसबुकमा सो जानकारी गराएका हुन् ।

झापाबाट हरि बहादुर राजवंशी र कृष्णमाया भुजेलले मतदान नगरेको भन्ने समाचार बाहिर आएपछि अध्यक्ष गिरीले सञ्जालमा लेखेका छन्, झापाका सबै एमाले महाधिवेशन प्रतिनिधिले मतदान गर्नुभएको छ, भ्रममा नपरौं ।
आज विहान सम्पन्न निर्वाचनमा २२६३ प्रतिनिधिहरुमध्ये २२२७ जनाले मतदान गरेको जनाइएको छ ।

शेयर गर्नुहोस :

1.9k
Shares