आर्थिक

तोलामा एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

तोलामा एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन


काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा आज पुनः उच्च विन्दुमा पुगेको छ । मंगलबार ९पुस ८० एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

सोमबार दुई लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

243
Shares