आर्थिक

काँकरभिट्टाबाट ६ लाख ९४ हजारको अवैध कपडा नियन्त्रण

काँकरभिट्टाबाट ६ लाख ९४ हजारको अवैध कपडा नियन्त्रण


बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित बसपार्क नजिकबाट अवैध रूपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याइएको ठूलो परिमाणको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको टोली र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको सर्ट, पाइन्ट तथा साडी (अमुरु) नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ । प्रहरीले ६ लाख ९४ हजार ९ सय रुपैयाँ बराबरको सामान फेला परेको प्रहरीको भनाई छ । नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएको सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा बिहीवार मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइने छ ।

शेयर गर्नुहोस :

0
Shares