धनपति सत्याल
हाम्रो देश अहिले संकट पूर्णि अवस्थामा गुज्रिरहेको छ । वि.स. २०५२ सालदेखि ०६३ सालसम्म माओवादीबाट धेरै संकट भोगेका हामी नेपाली जनतालाई राहतको महसुस लिन नपाउदै मधेस केन्द्रीत आन्दोलनले सतायो । त्यसपछि प्राकृतिक विपत्ति, भुकम्प, बाढि पहिरो, नाकाबन्दी लगायतका समस्या झेल्नु परेको थियो ।

अहिले आएर जेन्जी आन्दोलन, यसपछि हुने चुनावले देशलाई आर्थिक संकट थपिनेवाला छ । अब भन्नुहोस माओबादी युद्धकालमा कति खर्बको क्षति भयो ? त्यसपछि भएको मधेस आन्दोलनमा कति क्षति भयो ? अहिलेको जेन्जी आन्दोलनमा कति खर्वको क्षति भयो ?
यो कसको कारणले क्षति भएको हो ? यसको समिक्षा गर्ने जिम्मेवारी तपाई हाम्रो हो । सामाजिक सञ्जाल र टेलिभिजनमा नकारात्मक सन्देश पैmलाएर हुन्छ र ? हामी भन्ने गर्छौ, एक जना नेपालीको टाउकोमा यति ऋण भयो, उति भयो भनेर । राज्यले, राजनीतिक दलले टाउकोमा ऋणको भारी बोकाएको कुरा गर्छौ ।
माओबादी युद्ध, मधेस आन्दोलन, जेन्जी आन्दोलनले क्षति नगरेको भए यति धेरै ऋण हाम्रो टाउकोमा हुने थियो ? शान्त दिमागले सोच विचार गरौं । के यो देशमा जननिर्वाचित नेताबाट भएको क्षति हो ? अराजकहरुको लहैलहैंमा युवा भाईबैनीहरु नलागेको भए यति धेरै क्षति हुने थिएन ।
तपाई हाम्रो टाउकोमा यति धेरै ऋण थोपरिने थिएन । भ्रष्टाचार हुँदै नभएको होइन । कतै भएकै होला । तर, भ्रष्टाचारले भन्दा धेरै आर्थिक क्षति द्वन्द्वले भइरहेको छ । भदौ २३-२४ को आन्दोलनमा मात्र ८६ खर्वको क्षति भयो । ०५२ सालदेखि ६२ सम्म कति क्षति भयो ?
मधेश आन्दोलनदेखि थारुहट आन्दोलनसम्मका आन्दोलनमा भएका क्षति कहाँबाट पूर्ति गर्ने, त्यो क्षति तपाई हामीले नै तिर्नुपर्छ । यस प्रकारका आन्दोलनमा हुने क्षति तपाई हामीले नै व्यहोर्नुपर्छ । तपाई हामी हाम्रा छोराछोरी जन्मिदै टाउकोमा ऋण बोकेर जन्मिएको कुरा गर्छौ । त्यो ऋण तपाई हामीले बोकाएको होइन । यसैले देशलाई आर्थिक क्षति हुने कुनै पनि प्रकारको द्वन्द्व नगरौं । द्वन्द्वले जनतालाई मात्र होइन, देशलाई नै घाटा हुने छ । यस तर्फ बेलैमा चनाखौं बनौं । सबैमा अभिवादन, नमस्कार ।







प्रतिक्रिया