सम्पादकीय
जेनजी आन्दोलनबाट सिर्जित प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि देशभर मतगणना जारी छ । कतिपय निर्वाचन क्षेत्रमा मतपरिणाम पनि घोषणा भइसक्यो । हालसम्मको मत परिणामले सबैभन्दा ठुलो दल रास्वपा हुने देखियो । अघिल्लो निर्वाचनमा २१ सिट जितेको रास्वपाले हालै सम्पन्न निर्वाचनमा लगभग दुई तिहाई विजयी हासिल गर्ने अवस्था देखिएको छ । रास्वपा पछिल्लो समय अन्य दलहरुभन्दा रुचाएको दल भएको स्पष्ट भएको छ । देशमा विभिन्न राजनीतिक परिवर्तन ल्याउने पुराना दलहरुका सामुन्ने रास्वापले प्राप्त गरेको मत धेरै अगाडि छ । अब रास्वपाको आफ्नै सरकार बन्ने निश्चित भइसक्यो ।
मत परिणाम सार्वजनिक भइरहदा निर्वाचित दलका उम्मेदवार र समर्थकहरु धेरै हौसिन हुदैन । सँगैमा जनमत नपाएका उम्मेदवार र समर्थकहरु हतोत्साहित पनि हुनु हुदैन । निर्वाचन सम्पन्न भइसकेपछि सबैले मिलेर राष्ट्र र जनताको निमित्त काम गर्नुपर्छ । रास्वपा कुनै योगदान गरेर आएको पार्टी होइन । योगदानका आधारमा जनमत प्राप्त भएको पनि होइन । नयाँ भनेकै कारण रास्वपालाई जनताले अवसर दिएका हुन् । पुराना दलहरुमाथि जनताको आक्रोस थियो । त्यहि आक्रोस मतमा परिणत भएको हो । यसको अर्थ, जनमत प्राप्त गर्नु नै सबैभन्दा ठुलो कुरा होइन । जनताले काम गर्नका लागि मत दिएका हुन् । अब, रास्वापले जनमतको कदर गर्दै मुलुक निर्माणमा केन्द्रित हुनुपर्छ ।
पुराना राजनीतिक दलहरुले यो निर्वाचनबाट सम्मानजनक मत प्राप्त गर्न सकेनन् । यसले पुराना दलहरुलाई पनि समिक्षा गर्ने अवसर प्रदान गरेको छ । जनताले किन रास्वपालाई मत दिए ? पुराना दलहरुलाई किन मत आउन सकेन ? जनताको इच्छा आकांक्षा के हो ? बुझ्नुपर्छ । यहि प्रश्नहरुबाट रास्वापले पनि भाग्न मिल्दैन । रास्वपाले पनि जनतमको कदर नगरी अघि बढ्यो पनि जनताले लामो समय कुरेर बस्नेवाला छैनन् । त्यसैले जनमतले दिएको म्याण्डेडका आधारमा रास्वपाले विना पूर्वाग्रही ढंगबाट अघि बढ्नैपर्छ । रास्वपाले जीत हासिल गर्दै गर्दा पुराना दलहरुलाई जनताले किन भत्तामा पुराए भन्ने विर्सन हुदैन । परिवर्तन आजको भोली संभव छैन । तर, परिवर्तनका निमित्त निरन्तरता आवश्यक छ । भ्रष्टाचार, अनियमितता र बेरोजगारी समस्या देखाएर उदाएको रास्वपाले जनताका सामुन्ने अब समाधान दिने मौका पाएको छ । यसका लागि प्राप्त जनमत बमोजिम काम गरोस् ।







प्रतिक्रिया